अवरुद्ध पूर्व पश्चिम राजमार्ग एकतर्फी सुचारु

भदौं, ३ काठमाडौं — बुटबल नारायणगढ सडकखण्ड अन्तर्गत अरुणखोलामा आएको बाढीले अबरुद्ध बनेको यातायात सेवा एक तर्फी रुपमा सुचारु भएको छ । आईतबार साँझ ६ बजे खोलामा एकाएक बाढी आई डाईभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो ।

खोलाले डाईभर्सन बगाउदा पूर्व पश्चिमको गन्तब्यमा हिडेका मालबाहक ट्रक, लामो दुरीका यात्रुबस र जीप कारका यात्रुहरुले करिव २२ घण्टा सडकमै बस्नु परेको थियो ।

सोमबार दिउसो पनि डाईभर्सन बनाउदा बनाउदै खोलामा बाढी आएको र डाइभर्सनमा विछाएको माटो खोलाको बाढीले बगाएको थियो । गत बुधबार विहान पूर्वबाट पश्चिम हिडेको मालबाहक ट्रकले अरुणखोलाको पुल भाचेपछि अस्थाई रुपमा खोलामा डाईभर्सन बनाई कामचलाउ रुपमा यातायात सुचार भएको थियो ।