कम्युनिष्टहरुले कमिलाजस्तो बनेर काम गर्नुपर्दछ —लालबाबु पण्डित

साउन ३२ ,काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुले कमिलाजस्तो बनेर काम गर्नुपर्ने बताएका छन् ।

पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पण्डितले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे ।

“गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने, “अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।” उनले भने ।

सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।