श्रीदेवीको बायोग्राफी आउदैं

काठमाडौं — बलिउडकी दिग्गज अभिनेत्री स्व श्रीदेवीको बायोग्राफी आउने भएको छ।

पेन्गुइन रेन्डम हाउस इन्डियाले उक्त पुस्तक प्रकाशित गर्ने घोषणा गरेको हो । ’श्रीदेवी गर्ल वुमन सुपरस्टार’ शीर्षकमा पुस्तक प्रकाशित हुने भएको छ ।

प्रकाशन संस्थाका अनुसार किताबमा श्रीदेवीको जीवन र उनीसँग जोडिएका रोचक सन्दर्भहरु समेटिएका छन् । श्रीदेवीका पति बोनी कपूरले पुस्तक प्रकाशनका लागि सहमति जनाएका छन् । श्रीदेवीको गत वर्ष निधन भएको थियो ।