बालुवाटारमा आरक्षण बचाऊका प्रर्दर्शनकारी र प्रहरीबीच झडप

साउन २८, काठमाडौं — लोकसेवामा ‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ ।

लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए ।

झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन्  । उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन् । आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।