प्रतिनिधी सभाका सांसद डा. सूर्यनारायण यादवले दिए राजीनामा

साउन २८, काठमाडौं — संघीय संसदको प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यमा समस्या बढेको कारण देखाउदै यादवले सोमबारसभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।

सभामुखको सचिवालयले भने उनले दिएको राजीनामाबारे निर्णय हुन् बाँकी रहेको जनाएको छ । उनी समाजवादी पार्टीबाट सप्तरी १ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका हुन् । उनी सप्तरीका चर्चित डाक्टर समेत हुन् ।

उनको राजीनामा स्वीकृत भएको खण्डमा सप्तरी १ मा पनि उप निर्वाचन हुनेछ । सरकारले आगामी मङ्सिर १४ गते देशका विभिन्न ५१ स्थानमा उप निर्वाचन गर्दैछ ।