थुनुवा फरारका वेला डयु्टीमा रहेका असई सहित ३ प्रहरी निलम्बित

साउन २७, काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ ।

प्रहरीको नियन्त्रणबाटै थुनुवा फरार हुन थालेपछि प्रहरी परिसर काठमाडौंले एसपी अशोक सिंहको नेतृत्वमा एक छानविन समिति गठन गरी उनीहरुलाई निलम्बन गरेको हो ।

थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विकलाई निलम्बन गरिएका हुन् ।  समितिले उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ ।

हिरासतबाटै थुनुवा फरार हुने घटना बढेपछि प्रहरीहरुलाई उत्तरदायी बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले कडा कदम चालेको हो ।

छानविन पछि उनीहरु दोषी देखिए प्रहरी ऐन अनुसार उनीहरुलाई कारवाही गरिने समितिका संयोजक एसपी सिंहले बताए ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका चार थुनुवामध्ये तीनजनालाई पक्राउ गरिसकेको छ

गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार

फरार मदन तामाङको खोजी भइरहेको छ ।