श्री एयरलाइन्सले सोमबार भारतको बनारसका लागि परिक्षण उडान भर्दै

साउन २६, काठमाडौं – श्री एयरलाइन्सले अन्तराष्ट्रिय उडान अनुमतिका लागि सोमबार भारतको बनारसमा परिक्षण उडान गर्ने भएको छ ।

अन्तर्रा्ष्ट्रिय उडानका लागि ६ महिनाअघि नै संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको श्री एयरलाईन्सले सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको होे ।

यद्यपी सरकारले श्रीलाई नियमित अन्तर्रा्ष्ट्रिय उडान अनुमति दिईसकेको छैन । तर परीक्षण उडानका क्रममा सोमबार भारतको बनारस जान लागेको एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले बताए ।

भोलि दिउँसो २ बजेको बनारसमा परीक्षण उडानमा ५० सिटको जेट विमानमा नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरु पनि जाने छन् ।
हिमालय र बुद्ध एयरलाइन्सले भने अन्तर्रा्ष्ट्रिय उडानको अनुमति पाइसकेका छन् ।