इग्लिस प्रिमियर लिगमा साउथह्याम्टन ५–० गोल अन्तरले पराजित

साउन २५, काठमाडौं –शुक्रवार शुरु भएको इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले सुखद् सुरुवात गरेको छ ।

शनिवार भएको आफ्नो पहिलो खेलमा सिटीले साउथह्याम्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेको सिटीका लागि रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । साउथह्याम्टनले पच्चिसौँ मिनेटमा पहिलो गोल खाएको थियो ।  सिटीका लागि गाब्रियल जिससले गोल गरेका थिए ।

सिटीका लागि ५१ औं, ७५औँ र इन्जुरी समयमा स्टर्लिङले गोल गरे । सिटीका लागि सर्जियो अग्वेरोले ८६औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

एजेन्सी–