यही वर्षमा बिहे गर्दै छिन् ऋचा

साउन २३, काठमाडौं–  नायिका ऋचा शर्मा विवाह गर्ने निर्णयमा पुगेकी छिन् । ऋचाले यही साल बिहे गर्ने खुलाएकी हुन् । ऋचा केही समय यता राणा खानदानका युवासँगको प्रेममा छिन् । उनी प्रेम सन्तुष्टि रहेको बताउँछिन् ।

उनले केहि समय अगाडी आफ्नो प्रेमीले निकै माया गर्ने बताइएकी थिइन् । ऋचालाई बिहे कहिले गर्ने भनेर सोध्दा कुनै संकोच नमानी ७६ साल भन्ने जवाफ दिदै आएकी छिन् ।

ऋचाको समकालीन साथी प्रियंका कार्की पनि यहिँ वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन् । ऋचाले पनि विवाह गर्ने निर्णय लिएकी छिन् ।

फिल्म निर्माण तिर नदेखिएकी ऋचाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।