बलिवुडमा डेभ्यु गर्दै सुनिल शेट्टीका छोरा अहान

साउन २१–बलिवुड स्टार अभिनेता सुनिल शेट्टीका छोरा अहान शेट्टी बलिवुडमा आउने तयारीमा रहेका छन् । हुन त बलिवुडमा स्टारका छोरा छोरी धमाधम सिनेमामा आउने क्रम तीव्र छ । अहानेले सुपरहिट तेलगु फिल्मको हिन्दी रिमेक आरएक्स १०० बाट बलिवुडमा डेभ्यु गर्न लागेका हुन् ।

चर्चित निर्देशक मिलन लुथारियाद्धारा निर्देशन गरिएको यस फिल्मलाई साजिद नाडीयाडवाला निर्माण गरेका हुन् । यो फिल्मको शुटिंग समेत सुरु भएको छ ।

यस अघि जैकी सराफका छोरा टाइगर सराफ र कृति सेननलाई हिरोपन्ती फिल्मबाट डेभ्यु गराएका नाडीयाडवालाले अब अर्का सुपरस्टारका छोरालाई बलिवुडमा डेभ्यु गराउदै छन् । अभिनेता सुनील शेट्टीले पनि बलिवुडमा आफ्नो पहिलो फिल्म वक्त हामारा है पनि नाडीयाडवालाकै ब्यानरमा बनेको थियो ।

यस फिल्ममा अहानको अपोजिटमा हालै स्टुडेन्ट अफ द इयर(२ बाट बलिवुडमा डेभ्यु गरेकी अभिनेत्री तारा सुतारियाले अभिनय गर्दै छन् ।

एजेन्सी