पाकिस्तानलाई आफ्नो जवानको शव लैजान भारतको आदेश

साउन २० – भारतीय सेनाले पाकिस्तानलाई आफ्नो जवानको शव लैजान आदेश दिएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार पाकिस्तानले बोर्डर एक्सन टीम अर्थात् बीएटीका जवान जम्मू–कश्मिरको केरन सेक्टरमा हमलाको कोसिस गरिरहेको थियो र भारतीय सेनाको जवाफी कारवाहीमा बीएटीका पाँचदेखि सात जवान मारिएका छन् ।

पिटिआईले सेनाको स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सेनालाई आफ्नो जवानको शव लैजानका लागि भनिएको छ जुन नियन्त्रण रेखामा भारततर्फ छ ।

यस्तै, पाकिस्तानले भारतको यो दाबीलाई खारेज गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले एक ट्वीटमा यसलाई भारतको प्रोपोगान्डा बताएका छन् ।

भारतीय सेनाले बीएटीको हमलाको कोसिसलाई विफल पारेको र त्यसमा पाँचदेखि सातजना मारिएको बताइँदै छ । सेनाको स्रोतलाई उद्धृत गर्दै पिटिआईले बीएटीले ३१ जुलाई र एक अगस्टमा घुसपैठको कोसिस गरेको थियो ।

पिटिआईका अनुसार कम्तीमा चार शव पाकिस्तानी सेनाका विशेष सर्भिस ग्रुप अर्थात् एसएसजी कमान्डो हुन् ।

भारत प्रशासित कश्मिरमा पछिल्ला दिनमा निकै तनावको स्थिती छ । सरकारले घाटीमा भएका थुप्रै प्रशंसक र अमरनाथ यात्रा गरिरहेका तीर्थ यात्रीलाई कश्मिर छोड्न भनेको छ ।

यो आदेशपछि जम्मू–कश्मिरकी पूर्व मुख्यमन्त्री र पीडीपी नेता महबूबा मुफ्तीले शुक्रबार राती आफ्ने निवासमा एक आपतकलीन बैठक बोलाएका थिए । यसमा जम्मू कश्मिरका अन्य क्षेत्रीय दलका नेता समावेश भएका थिए जसमा नेशनल कन्फरेन्सका फारुक अब्दुल्लाह, पिपल्स कन्फरेन्सका सज्जाद लोन र पिपल्स मूभमेन्टका शाह फैसलको उपस्थिति थियो ।

एजेन्सी