सुनसरीमा एकै परिवारका ७ जनालाई डेंगु

साउन १९, काठमाडौं – सुनसरीको सदरमुकाम इनरुवामा एकै परिवारका ७ जना डेंगु लागेर विरामी भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा प्रकोपको रुपमा रहेको डेंगुबाट इनरुवामा ११ जना संक्रमित भएका छन् । नियन्त्रणमा लिन नसक्दा इनरुवा ४ का एकै परिवारमा ७ जनामा डेंगुको संक्रमण भएको पाइएको हो ।

इनरुवा अस्पतालको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाका अनुसार २० जना भन्दा बढीमा डेंगुको संक्रमण भएको फेला परेको छ । नगरभरी डेंगुका संक्रमण फैलिएपछि नगरपालिकाले आपत्कालिन बैठक गरि डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचार प्रसार समिति गठन गरेको छ ।