‘बागी ३’ मा एक्सन सिनहरु टाइगर आफैँले कोरियोग्राफ गर्दै

साउन १८, काठमाडौं — सन् २०१६ मा रिलिज भएको फिल्म ‘बागी’ को तेस्रो सिक्वलमा धमाधम काम भइरहेको छ । ‘बागी’ र ‘बागी २’ को सफलतापछि निर्माण टिम अब ‘बागी ३’ को निर्माणमा जुटेका हुन् । ‘बागी’ को पहिलो पार्टमा अभिनेत्री श्रद्धा कपूर र अभिनेता टाइगर श्राफ र सुधिर बाबुले मुख्य भूमिका निर्वाह गरेका थिए भने ‘बागी २’मा भने टाइगरका साथ अभिनेत्री दिशा पतानी र मनोज बाजपेयीको मुख्य भूमिकामा थिए ।

अहमद खानको निर्देशनमा तयार हुन लागेको ‘बागी’को तेस्रो पार्टमा भने फेरि एकपटक अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूरले स्क्रिन सेयर गर्दै मुख्य भूमिका निर्वाह गर्न लागेका छन् । उनका साथै फिल्ममा अभिनेता रितेश देशमुखले भिलेनको भूमिका निर्वाह गर्ने पक्का भएका छन् । भारतीय मिडियाहरुका अनुसार ‘बागी’ र ‘बागी २’ को तुलना फिल्म अझ राम्रो र फिल्मका एक्सन सिनहरु निकै रोमान्चक हुने जानकारी प्राप्त भएको छ ।

फिल्मका एक्सन सिनहरु टाइगर आफैँले कोरियोग्राफ गरेका छन् । टाइगरले हालै दिएको एक अन्तर्वार्तामा फिल्मको पहिलो र दोस्रो पार्टभन्दा तेस्रो पार्टलाई रोमान्चक बनाउनका लागि यस फिल्मका एक्सन सिनहरुलाई आफैँले रिफरेन्स दिएको बताएका छन् । फिल्मको पूरै निर्माण टिमले वर्ल्ड क्लास एक्सन सिन दिनका लागि निकै मेहेनत गरिरहेको टाइगरले बताएका छन् ।

उनले दर्शकहरुले आज सम्म यस्तो स्टन्ट नदेखेको बताउँदै स्टन्टको बारेमा धेरै केही खुलाएका छैनन् । फिल्मको निर्माण टिमले समेत यस विषय बारेमा थप जानकारी दिएको छैन । साजिद नाडियाडवालाले निर्माण गर्ने यस फिल्मको अहिले स्क्रिप्टमा काम चलिरहेको छ । श्रद्धा आफ्नो नयाँ फिल्म ‘स्ट्रीट डान्सर’ को छायांकनमा व्यस्त छिन् । टाइगर यहि अक्टोबर २ तारिखमा प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म वार’मा ब्यस्त रहेका छन् ।

एजेन्सी