साउदीका महिलाले अब विदेश यात्रा गर्न पाउने

साउन १७ —साउदी अरबमा अब २१ वर्ष उमेर पूरा गरेका महिलाले विदेश यात्राका लागि पुरुष अभिभावकको अनुमति लिनु नपर्ने भएको छ ।

साउदी अरबमा शुक्रवार जारी भएको शाही आदेशमा अब २१ वर्ष उमेर पुगेका महिलाले विदेश यात्राका लागि अभिभावको अनुमति बिना आवेदन गर्न पाउने भएका छन् । शाही आदेशले महिलाका अरुपनि अधिकार दिएको छ । अब कुनै पनि महिलाले आफ्नो बच्चाको जन्म, बिबाह र सम्बन्ध विच्छेद रजिष्ट्रशन गर्न सक्ने भएका छन् ।

आदेश अनुसार अब महिलाले जागिरका लागि पुरुष सरह समान अवसर पाउने भएका छन् । आदेशमा जागिरमा बिना भेदभाव सबै नागरिकलाई समान अवसर हुने उल्लेख छ । सऊदी अरबका राजकुमार मोहम्मद बिन सलमानले यस अघिपनि कतिपय सूधारको घोषणा गरेका थिए । उनले महिलालाई गाडि चलाउन रोक लागेकोमा यस अघि फुकुवा गरेका थिए ।

यो आदेशले साउदी अरबमा महिलाको अवस्थामा सूधार हुने अपेक्षा गरिएको छ । साउदीमा महिलालाई दोस्रो दर्जाको नागरिक ठानिएको र अधिकारबाट वन्चित गरिएको भन्दै साउदी सरकारको आलोचना हुँदै आएको छ । साउदी अरबका कयौँ महिलाले अत्याचार भएको भन्दै बिदेशमा शरण लिने गरेका छन् ।

एजेन्सी