’फिफा वर्ष प्रशिक्षक’अवार्डमा ग्वार्डीवाला र क्लोप मनोनित

साउन १५ —इंग्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला र लिभरपुलका जोर्गेन क्लोप फिफा वर्ष पुरुष प्रशिक्षक अवार्डका लागि मनोनित भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको मनोनयनमा ग्वार्डीवाला र क्लोप परेका हुन् । ग्वार्डीवालाले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै क्लोपले लिभरपुललाई च्याम्पियन्स लिग जिताएका थिए ।

फिफाले अवार्डका लागि १० प्रशिक्षक मनोनयन गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनमा ग्वार्डीवाला र क्लोपसँगै टोटेनहमका मौरीसियो पोचेटिनो, ड्ज्मेल बेल्माडी, डिडियर डेस्च्याम्पस, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्टोस र टिटे अटाएका छन् ।

यस्तै महिलातर्फको अवार्डका लागि मिलेना बेर्टो्लिनी, जिल एल्लिस, पिटर गेर्हाडसन, फुतोशी इकेडा, एन्टोनीया, जोई मोन्टेमुरो, फिल नेभिल, पेड्रोस, पाउल रिली र सरिना विग्म्यान रहेका छन् ।
एजेन्सी ।