२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टमा पसेपछि

साउन १५ — अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

उक्त भिडियोमा देखिए अनुसार सामान जाँच गर्ने लगेज बेल्टबाट उनी भित्र पसेका थिए । बालक २ वर्षका थिए । अमेयिरकाको एटलान्टा विमानस्थलमा आमासँग गएका ति बालक आमा बोर्डिङ पास छाप्न लागेकी बेलामा बेल्टमा पुगेका थिए ।

तर उनको आमाले त्यो कुरा थाहा पाइनन् । पास छापिसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेको थियो । तिबालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् ।

अन्तिममा उनी लगेज खस्ने स्थाबाट झरे । त्यहाँ उनलाई सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचियो । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

एजेन्सी