इन्टरनेसनल सुपर कप उपाधि पीएसजीलाई

साउन १५, एजेन्सी — फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अष्ट्रेलियन च्याम्पियन सिड्नी एफसीलाई पराजित गर्दै इन्टरनेसनल सुपर कपको उपाधि जितेको छ ।

चीनको सोझुमा भएको खेलमा पीएसजीले सिड्नीमाथि ३ —० को जित दर्ता गरेको हो । ब्राजिलियन स्टार नेयामरबिना नै उत्रिएको पीएसजीले खेल अवधिभर आफ्नो दबदबा कायम राख्यो । खेलको ३८ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरेपछि फ्रान्सेली च्याम्पियनले खेलमा अग्रता बनाएको थियो । त्यसको ५ मिनेटमा नै पीएसजीले अग्रता दोब्बर बनायो ।

पीएसजीले यसै शनिबार फ्रेन्च कप विजेता रेन्नेससँग ट्रफी दे च्याम्पियनका लागि प्रतिस्पर्धा गर्नेछ ।