साइप्रस पठाउने भन्दै ठगी गर्ने पुनम नेपाली प्रहरी नियन्त्रणमा

साउन १५, काठमाडौं — वैदेशिक रोजगारीको लागि साइप्रस पठाउने भन्दै ठगी गर्ने पुनम नेपालीलाई सितापाइलाबाट पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–३ सितापाइलाकी नेपालीलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्रणमा लिएको हो ।

उनले वैदेशिक रोजगारको लागि साइप्रस पठाउने भन्दै एक व्यक्तिबाट २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएकी थिइन् । पछि साइप्रस नपठाएपछि पीडितले वैदेशिक रोजगार कसुरमा मुद्दा हालेका थिए।

वैदेशिक रोजगार न्यायधीकरणको २०६९ असार ३१ को फैसला अनुसार नेपालीलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना र पीडितलाई हर्जना वापत १५ लाख ७५ हजार रुपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।

पक्राउ परेकी नेपालीलाई फैसला कार्यान्वनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ ।