बाघ जोगाउन संरक्षण मैत्री विकास आवश्यक

 

साउन १३, वाँके—बांके र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आर्कषणले पर्यटन बढ्दै छन् । कोहलपुरमा सोमबार विश्व बाघ दिवस मनाइ रहदा बाघको संरक्षण र पर्यावरण बारे सरोकारबाला माझ वृहत छलफल चलेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको दिवसमा बांके, बर्दियाका निकुञ्ज प्रमुख, स्थानीय निकाय र वन डिभिजनका व्यक्तित्व सहभागी थिए ।

बांकेमा ८ वर्षको अवधिमा शुन्यबाट बाघको संख्या बढेर २१ पुगेको छ । सरकारले २०२० सम्म २ सय ५० बाघको संख्या पुर्याउने लक्ष्या राखेको छ । यस अन्र्तगत अहिले सम्म नेपालमा २ सय ३५ बाघको संख्या पुगेको छ । यद्यपी यसको संख्या बढाउन सरकार, स्थानीय स्तर लागि परेको विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । उनले लक्ष्य नजिकै आएपनि प्राकृतिक विपतलाई रोक्न नसकिने हुदा बाघको संरक्षणमा विशेष रणनीति बनाउन जरुरी रहेको बताए । ‘यसका लागि स्थानीय सरकारले विकासका गति तिव्र बनाइरहदा बाघको पर्यावरण क्षेत्रमा ध्यान दिनु पर्ने सुनाए । ‘हामीले अब संरक्षण मैत्री विकास रोज्न जरुरी छ’, उनले भने, ‘पर्यावरण जोगाउन बाघ संरक्षण गर्नु पर्छ । बाघ जोगाउन वातावरण जोगाउन जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओलीले जीवजन्तु मध्ये, वातावरण रक्षकको महानायक बाघ नै हो । यसलाई जोगाउन सरकारले प्रयाप्त लगानी गर्न जरुरी छ । वन संरक्षण, स्थानीय विकासमा सचेना हुने, बाघको आहार विस्तार गर्ने, हिड्ने क्षेत्र फराकीलो पार्ने लगायत विधि अपनाएर बाघको वृद्धि गर्न सकिन्छ ।