डाक्टरको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक —एमबिबिएसमा ७८ र बिडिएसमा ३९ प्रतिशत पास

साउन १२, काठमाडौ —नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक भएको छ। शनिबार भएको परीक्षामा एमबिबिएस तर्फ ७८ र बिडिएस तर्फ ३९ प्रतिशत पास भएका छन्।

परीक्षाका लागि एक हजार ६ सय ८१ विद्यार्थीले फर्म भरेका थिए। तीमध्ये परीक्षामा ८ जना अनुपस्थित भएका थिए।

सहभागीमध्ये एमबिबिएसमा १ हजार ३ सय ११ जना पास भएका छन्। बिडिएस तर्फ भने ३ सय ५३ जनाले परीक्षा दिएकोमा जम्मा १ सय ३८ जना मात्र पास भएका छन्।