गायिका राधिका हमाल भन्छिन् ‘म त भाग्यमानी’ — भिडियोसहित

काठमाडौं — तीज नजिकिदै गर्दा तीजका गीत निस्कने क्रम बढ्दै गइरहेको छ । यसै क्रममा गायिका राधिका हमाल पनि तीज गीत लिएर आएकी छन् ।

हमालले आफ्नै शब्द र लयसँगै स्वरमा सजिएको ‘भाग्यमानी’ गीत उनले अफिसियल युटुब च्यानल मार्फत उक्त गित सार्बजानिक गरेकी हुन् ।

गीतको म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेलले छायाँकन गरेका छन् । भिडियोमा रिना थापाको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

उनले गीतमा माइतीहरु विदेशमा रहेका कारण भेट्नकै लागि पनि विदेश जान पाइने म भाग्यमानी भनेर उनले गीतमार्फत् प्रस्तुत गरेकी छन् ।

भिडियो