धूप चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ

साउन —हामी नेपालीहरुको घरमा दैनिक पूजा आरधना गर्दै धूपको सुगन्धले घरलाई शुद्ध बनाउँनु हाम्रो दैनिकी भएको छ । यसलाई हामी अनिवार्य प्रचलनको रुपमा लिन्छाँै । हिन्दु धर्मालम्बीहरुमा विशेषतः धूप बालेर भगवान्लाई खुशी पर्न सकिन्छ भन्ने जनविश्वास छ ।

तर, अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा पनि खतरनाक हुने चीनमा गरिएको एक अनुसन्धानले देखाएकोे छ । धूपमा हुने पोलीएरोम्याटिक हाइड्रोकार्बनले दम, क्यान्सर, टाउकोको रोग र खोकी जस्ता बिरामी गराउँने बताइएको छ ।

चिनियाँ अध्ययनले धूपबाट निस्कने सुगन्धित धुँवामा मसिना मसिना पार्टिकल कण हुन्छन् जुन कणहरु मानव स्वास्थ्यको लागि निकै विषालु हुने बताएको छ । त्यसैले चुरोटको तुलनामा धूपको धुँवामा धेरै रसायन पाइन्छ ।

अनुसन्धानमा बताए अनुसार धूपबाट निस्कने धुँवामा म्यूटेजेनीक, जीनोटोक्सीक र साइटोटोक्सीक जस्ता विषालु तत्वहरु हुनाले क्यान्सर बढ्ने सम्भावना बढी हुन्छ ।

उक्त धुँवाले सास नलीमा जलन पनि पैदा गर्छ । यस्तो धुँवा फोक्सोमा अड्किने र इन्फ्लेमेटरी रियाक्शन गर्छ ।

त्यस्तै, धुँवामा भएको खतरनाक केमिकलले डीएनए पनि बदल्न सक्छ । यसमा हुने नाइट्रोजन र सल्फर डाइअक्साइड जस्ता ग्यासले दमको समस्यासँगै सास लिन पनि असहज गराउँछ । धूपबाट निस्कने धुँवामा कार्बनमनोअक्साइले फोक्सोमा असर गर्नुका साथै ज्वरो र कफको समस्या पैदा गर्छ । यसैगरी, आँखा र मुटुको लागि पनि धूपको धुँवा निकै खतरनाक मानिन्छ । धूपको धुँवामा लगातार सास लिँदा हृदयघातको सम्भावना हुन्छ । भने यसमा भएको हानिकारक केमिकलले आँखा चिलाउने , पोल्ने जस्ता समस्या देखापर्छ ।

एजेन्सी