शुक्रबारसम्म मौसम बदली रहने महाशाखाको भनाई

साउन ९, काठमाडौं — मंगलबार रातीदेखि देशभर मौसम बदली रहि लगातार बर्षा भइरहेको छ । देशका बिभिन्न स्थलहरु जलमग्न भएका छन् भने कतै बाढी पहिरो जाने क्रम बढेको छ ।
वर्षाका कारण देशभरको हवाइ सेवा प्रभावित भएको छ । अन्तराष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ ।
अबको २४ घन्टाभित्र देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । यहि क्रम आगामी शुक्रबार जारी रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । साथै सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।