मालिङ्गा ओडिआईबाट सन्यास लिने तयारीमा

साउन ८, काठमाडौ — श्रीलंकाका भेट्रान तिव्र गतिका बलर लासिथ मालिङ्गा एकदिवसिय अन्तर्रा्ष्ट्रिय (ओडिआई) क्रिकेटबाट सन्यास लिने तयारीमा रहेका छन् ।

मालिंगाले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट शृङ्खलापछि सन्यास लिने तयारी गरिरहेको श्रीलंकाका खेलाडी डिमुथ करुणारत्नले बताएका छन् । जुलाई २६ देखि कोलम्बोमा शुरु हुन लागेको तीन खेलको एकदिवसीय शृङ्खलाको एक खेल खेलेर उनले सन्यास घोषणा गर्ने जनाएका छन् ।

‘उनले एक खेल खेल्नेछन् । त्यसपछि उनले सन्यासको घोषणा गर्नेछन् । यो उनले मसँग भनेका हुन् । मलाई थाहा छैन । खेलाडी छनोटकर्तासँग उनले के भने तर मसँग उनले एक खेलमात्रै खेल्ने बताएका हुन्’ करुणारत्नले भने ।

श्रीलंकाका लागि तेस्रो सर्वा्धिक विकेट लिने खेलाडी बनेका मालिङ्गाले अहिलेसम्म ३३५ विकेट लिएका छन् । अब उनले बंगलादेशविरुद्ध २ विकेट लिन सके अनिल कुम्लेको बराबरी बनाउन सक्नेछन् । कुम्लेले ३३७ विकेट लिएका छन् । ३५ बर्षीय मालिङ्गाको एकदिवसीयमा अहिलेसम्म उत्कृष्ट ‘स्पिल’ ४ विकेट लिएर ४३ रन खर्चिएको रहेको छ ।