साउन ७ , काठमाडौ —पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा सडकखण्डमा ८ वटा सवारी ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा भएको सवारीसाधन दुर्घटनामा भारतीय ट्रक पल्टिएपछि ७ सवारीसाधनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुर बसामाडी ३ घर भई हेटौंडा ९ बस्दै आएका ३० वर्षीय सुजनकुमार ढकालको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।
अर्का मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको एनएलओआइडी ८०३१ नम्बरको भारतीय मालबहाक ट्रक ओभरलोडका कारण मंगलबार पल्टिएको थियोे । सो ट्रकले ना १ ह ८८२४ नम्बरको अटो र बा ६६ प ६२१३ नम्बरको मोटरसाइकल, ना ५ ख ३१४१, ना ५ ख ५११३ नम्बरको बस र ना १ ज ७७८६ नम्बरको सुमो लाईसमेत ठक्कर दिँदा दुर्घटना भएको थियो ।