नेपाल–चीन हवाई सेवा सम्झौता, सबै विमानस्थलमा उडान एजेन्डा

साउन ७,काठमाडौं —  नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको एक टोली जान लागेको हो ।

आचार्यका अनुसार वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनीयाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सारिने छ । साथै चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ ।