साम्राज्ञीको फोटो भाइरल भएसँगैे चर्को आलोचना

साउन ६, काठमाडौं—केही दिनको ‘होलिडे ट्रिप’ का लागि यतिबेला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो प्रेमी देवाङ्कस राणासँग इन्डोनेशियाको बाली पुगेकी छिन् ।

युवा पुस्तामाझ निकै चर्चामा रहेकी साम्राज्ञी यतिबेला फोटो सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । बालीको एक समुन्द्री किनारको नजिक उनले रातो विकिनीमा आफ्नो प्रेमीसँग खिचेका केहि फोटोहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

मस्ती मुडमा खिचिएको यी फोटोहरुबाट उनीहरु ठूलै विवादको रुप लिने देखाएको छ । देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मर चुमेको तिनवोटा तस्विरहरु आफ्नो इन्टाग्राममा सेयर गरेका थिए । तर, सेयर गरेको केहि क्षणमै दर्शकहरुको आलोचना र गालीको वर्षात भएपछि उनले उक्त फोटोहरु हटाएका छन् ।

धेरै चलचित्रकर्मीहरुले टिप्पणी गर्दै साम्राज्ञीले आफ्नो कस्ता तस्वीर सार्वजनिक गर्ने र नगर्ने भन्ने छुट्याउन आवश्यक रहेको बताएका छन् ।

केही महिनायता उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छिन् ।