फिल्म ‘चच हुई’ अब मंसिर ६ मा रिलिज हुने 

साउन ४,काठमाडौं— फिल्म ‘चच हुई’ले आफ्नो रिलिज मिति हेरफेर गरेर मंसिर ६ गते तय गरेको छ ।

यस अघि कार्तिक २९ मा रिलिज हुने भनिएको थियो । अर्को फिल्म ‘माछा माछा’को कारण यस फिल्मले एक साता पछाडि सरेको हो ।

फिल्ममा आर्यन सिग्देल र मिरुना मगरको मुख्य भूमिका रहेको छ । फिल्ममा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतले पनि अभिनय गरेका छन् ।

‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा सम्तेन भुटियाले निर्देशन गरेका छन् । सिजन दाहाल र सन्देश अर्यालले लेखेको फिल्मलाई राजनराज शिवाकोटी र रोशन थापाले संगीत भरेका छन् ।