सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटमा नेपालको तयारी के छ?

साउन ३, काठमाडौं —सन् २०२२ मा कतारमा हुने विश्वकपलाई कसरी लिईदै छ ? नेपालले आफ्नो कस्तो तयारी छ ? के नेपालले एसियाली राष्ट्रका बलिया प्रतिद्वन्द्वीसँग आफूलाई भिडाउन सक्ला ? जबकी फिफा विश्वकप छनोटमा नेपालको खराब इतिहास कायम छे । त्यसैले पनि सन् २०२२ कतारमा हुने विश्वकप नेपालका लागि चुनौतीपूर्ण देखिएको छ ।

एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा समूह ‘बी’ परेको नेपालले पाँच पटक विश्वकप खेलिसकेको बलिया प्रतिद्वन्द्वी अस्ट्रेलियासहित एसियाको पावर हाउस जोर्डनसँग कडा रुपमा भिड्नु पर्नेछ । विश्व कप छनोट प्रतियोगितामा चाइनिज ताइपेई र कुवेतको स्तर नेपालभन्दा माथि नै रहेको छ । तर केहि महिनाअघि २ वटा प्रतिद्वन्द्वीसँग मैत्रीपूर्ण खेल खेल्नु नेपालको लागि राम्रो पक्ष मानिएको छ ।

गत चैतमा कुवेतविरुद्ध २ वटा मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी भयो भने दोस्रो मैत्रीपूर्ण खेलमा १(० ले पराजित भएको थियो।
त्यसैगरी २ महिनाअघि भएको नेपालको ताइपेईविरुद्धको मैत्रीपूर्ण खेल पनि १—१ को बराबरी खेलेको थियो। प्रतिद्धन्दी भएपनि विपक्षीसँग तीनै वटा खेल राम्रो खेलेको नेपालका प्रशिक्षक योहान कालिनको दाबी रहेको छ । तर नेपालका लागि बाँकी २ प्रतिद्वन्द्वी भने चुनौतीपूर्ण रहेको उनको अडकल छ ।

सन २०१५ को विश्वकप फुटबलमा समेत राम्रो प्रभाव छाडेको एसियन च्याम्पियन अस्ट्रेलिया फिफा वरीयतामा नेपाल भन्दा १३३ स्थान माथि रहेको छ । अस्ट्रेलियन टिमका अधिकांस खेलाडी युरोपका चर्चित क्लबबाट व्यवासयिक फुटबलर हुन् ।

एसियाकै बलियो टिम मध्ये एक अस्ट्रेलियासँग उसैको मैदानमा आगामी असोज २३ गते नेपालले पहिलो खेल खेल्दैछ । जुन खेलमा नेपाल दबाब झेल्नका लागि तयार हुनु पर्ने र बलिया टिमलाई ह्यान्डल गर्न सक्नुपर्ने नेपालका प्रशिक्षक कालिनको भनाइ रहेको छ ।

एसियाको बलियो टिम जोर्डनले पनि एसिया कपमा अस्ट्रेलियालाई १(० ले हराएको थियो । पछिल्ला मैत्रीपूर्ण खेलमा प्रभावशाली खेल देखाइरहेको जोर्डनले विश्वकप २०१८ को उपविजेता क्रोएसियासँगको मैत्रीपूर्ण खेल खेल्न सफल भयो । चीनसँग पनि १—१ को बराबरी खेलेको थियो ।

नेपालले विश्वकप छनोटमा कठिन हुने देखेपनि फिफा विश्वकपको दोस्रो चरणको तयारी तयारी राम्रो गर्नु पर्ने देखिन्छ । त्यसका लागि नेपालले मध्यम टिमसँग मैत्रीपूर्ण खेलेर तयारी गर्ने योजनामा अगाडी वढेको छ । तर प्रशिक्षकमा कालिन रहेकाले नेपाली टिममा परिवर्तन हुन सके नेपालले कुवेत र ताइपेईसँग राम्रो खेल्न सक्ने जोर्डन र अस्ट्रेलियाविरुद्ध पनि डराउनु पर्ने अवस्था नरहेको उनको अनुमान छ ।

फिफा वरीयतामा अहिले अस्ट्रेलिया – ४३, जोर्डन( ९८, चाइनिज ताइपेई – १२५, कुवेत – १५६, नेपाल – १६५, नेपालको हेड टु हेड, रहेका छन् ।विश्वकप छनोटमा नेपालको खेल कुवेतविरुद्ध भदौ १९ गते— होम म्याच, मसिंर ३ गते – अवे म्याच, चाइनिज ताइपेईविरुद्ध भदौ २४ गते – होम म्याच, चैत १३ गते — अवे म्याच र अस्ट्रेलियाविरुद्ध असोज २३ गते – अवे म्याच, चैत १८ गते – होम म्याच, अनि जोर्डनविरुद्ध असोज २८ गते — होम म्याच, जेठ २२ गते रहेको छ ।