सिके राउतको जीवनीमा आधारित बन्ने भो फिल्म

साउन २, काठमाडौं —मधेशका नेता डा. सिके राउतको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ ।

बुधबार प्रेसमिट गर्दै ‘डा. सिके राउत द प्यासन’ नाम राखीएको उक्त फिल्म ५० प्रतिशत राउतको जीवनमा आधारीत रहने छ भने ५० प्रतिशत फिल्म कथा जोडेर निर्माण हुने बताए ।

फिल्म आउँदो छठ पर्वमा प्रदर्शन हुने छ । कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो ।

फिल्ममा भोजपुरी फिल्मका नायक परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन् । धुर्ब कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतका कलाकारको पनि मुख्य अभिनय रहनेछ ।

डा. सिके राउतको समेत कार्यक्रममा उपस्थिती रहेका थियो । राउत फिल्म निर्माण टिमप्रति आफु सकारात्मक भएको बताए ।

सन्तोष शाहको निर्देशनमा बन्ने सो फिल्ममा विजेता गिरीको प्रस्तुति रहने छ ।