विप्लव समूहले मध्यपश्चिममा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने

साउन २, काठमाडौं —विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मध्यपश्चिम क्षेत्रमा साउन ७ गतेदेखि सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिने घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले सरकारी सेतो नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने घोषणा गरेको उल्लेख छ ।

साथै आफ्ना नेता तथा कार्यकर्ताहरुको हत्या गर्ने तथा हिरासतमा राखि यातना दिने जस्ता राज्यको कदमका विरुद्ध यस्तो घोषणा गरेको जनाएको छ ।

सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पत्तिको दोहन गरिरहेको जारी विज्ञप्तिमा आरोप लगाइएको छ ।