बाढीपहिरो तथा डुबानले देशभर ६० जनाको ज्यान लियो

असार २९, काठमाडौं — अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४ महिला र ३६ पुरुष गरि ६० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै यो समचार तयार पार्दासम्म बाढीपहिरोमा परि १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते छन् भने २६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मिहरुको सक्रियतामा अहिलेसम्म १४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।