सलमान खान ः मसहित बलिउडमा जम्मा पाँच सेलिब्रिटी

असार २९ ,एजेन्सी  —भारतीय नायक सलमान खानले बलिउडमा आफूसहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन् । उनका अनुसार यी पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन् । उनले धेरै समयसम्म स्टारडमलाई कायम राखिराख्न निकै गाह्रो भएको बताएका छन् ।

फिल्मफेयरसँगको अन्तरवार्तामा सलमानले भने, ‘अन्ततः स्टारडम बिलिन भएर जान्छ । धेरै समयसम्म यसलाई निरन्तरता दिन सक्नु निकै ठूलो कुरा हो । मलाई लाग्छ शाहरुख खान, आमिर, अक्की अक्षय कुमार, अजय । हामीले यसलाई धेरैसम्म टिकाउन सक्यौं । यसलाई थप केही वर्षसम्म टिकाइराख्न हामी प्रयासरत छौं ।’

पछिल्लो समयमा सलमान खान सोसल मिडियामा निकै सक्रिय छन् । उनी कहिले व्यायाम गरिरहेको फोटो भिडियो हाल्छन् भने कहिले परिवारसँगका निजी पलहरु सेयर गर्छन् ।