के चाँडै नै श्रद्धा कपुर नेपालकी बुहारी बन्दैछिन् ?

असार २७  —  नेपाली मूलका रोहन श्रेष्ठसँग प्रेम सम्बन्धमा रहेको भनिएकी बलिउड नायिका श्रद्धा कपुरले अर्को वर्ष विवाह गर्न लागेको खबरले बलिउड बजार पुनः एकपटक तात्तिएको छ ।

एक भारतीय मिडियाले श्रद्धाले आफ्ना बाल्यकालदेखिका साथी एवं प्रेमी रोहनसँग सन् २०२० मा विवाह गर्ने योजनामा भएको बताएपछि यो खबरले पुनः चर्चा पाएको हो । तर श्रद्धा कपुरका पिता शक्ति कपुरले यो खबर खण्डन गरेका छन् । शक्ति कपुरले आइएनएससँगको कुराकानीमा श्रद्धा कपुरको विवाहको खबरलाई अफवाह बताएका छन् । उनले भने, ‘के साँच्चै नै मेरी छोरीले विवाह गर्दै्छिन् ? कृपया मलाई पनि निम्तो पठाउन नबिर्सिनुहोला ।’

शक्ति कपुर हाँस्दै भने, ‘विवाह कहाँ हुँदैछ, त्यो पनि बताइदिनुस्, मलाई पुग्न सजिलो हुनेछ । म उनको बुवा हुँ तर पनि मलाई यसबारे केही थाहा छैन । त्यसकारण मलाई कृपया यसबारे बताइदिनुस् । ’

एजेन्सी