बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध, दर्जनौ बस्ती डुवानमा

 

असार २७, काठमाडौं —लगातारको भारी वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बाढीका कारण बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवासहित करिब आधा दर्जन बस्ती डुवानमा परेको प्रहरीले बताएको छ । रौतहटको लाल बकैया नदी बन्जरहा बाँध फुटाएर सडक हुँदै बस्ती पसेको छ ।

सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिम आउँदै गरेका र पूर्वतर्फ जाँदै गरेका सवारीको लामो लाइन लागेको छ । अवरोध खुलाउने प्रयास जारी रहे पनि वर्षातका कारण प्रभावित कठिनाई भएको प्रहरीले जनाएको छ ।