फलफुल र तकारीमा रहेको विषादी यसरी हटाउनुहोस्

असार २५, काठमाडौं —  भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचपछि मात्र भित्र्याउने निर्णयको बिषयले भारत र नेपालमा हल्लीखल्ली मचायो । तर सरकार पछि हटेको छ । भारतीय दबाबका कारण निर्णय फिर्ता लिएसँगै सीमा नाकाबाट निर्वाध रुपमा भारतीय तरकारी र फलफूल नेपाल भित्रिन थालेका छन् ।
भारतबाट आयातित तरकारीमा ८० प्रतिशत भन्दा बढी विषादी भेटिएको सरकारी तथ्यांकले नै देखाएको छ । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परीक्षणले यस्तो देखाएको हो ।
अहिले नेपाल सरकारले नै नियम खुकुलो बनाएपछि धेरैको चासो छ अब कसरी तरकारीमा भएको विष कम गर्ने वा विषादी रहित बनाउने त ?

हामीले पनि खरिद गरेर ल्याएपछि केही सावधानी अपनाउदाँ वा तरकारी किन्ने बेलामा ध्यान पुर्याउदाँ विषादी रहित तरकारी उपभोग गर्न सकिन्छ ।

सकभर हामीले मौसमअनुसार फल्ने फलफूल र तरकारीको उपभोग गर्दा विषादी रहित वा विषादी कम भएको सेवन गर्न पाइन्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्र्गा्निक र ताजा फलफूल तथा तरकारी किन्नुमा जोडदिनुपर्छ ।सबभर विषादीजन्य खाद्यान्नको प्रयोग नगरौ ।

यदि विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको छ भने प्रयोग गर्नुपहिलो सामन्य तरिकाले राम्ररी धुने, पखाल्ने । तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ । भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ ।

नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ । यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ ।