३० हजार धरौटीमा रिहा ‘धर्ती माता’

असार २४, काठमाडौं — काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिने आफूलाई ‘धती माता’ बताउने महिला विष्णु कुँवर ३० हजार धरौटीमा रिहा भएकी छन् ।
काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन काया{लय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।