असार २२, काठमाडौं — एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ७ विकेटको जित हासिल गरेको छ ।
श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेपछि जित हात पारेको हो । रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन् । एकै विश्वकपमा ५ शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
यस्तै शनिबार नै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले पराजित गरेको छ । दक्षिण अफ्रिकाले दिएको ३२६ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.५ ओभरमा सबै वीकेट गुमाउँदै ३१५ रन मात्रै जोड्न सक्यो । विश्वकप क्रिकेट अन्र्तगतको पहिलो सेमीफाइनल खेल मंगलबार र दोस्रो सेमिफाइनल विहिबार हुनेछ । फाइनल खेल भने आगामी आइतबार हुनेछ ।