अमेरिकामा ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी

असार २० — अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ ।

भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्व्विद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए ।
अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको केन्द्रबिन्दु घना बस्तीमा नहुनु नै भाग्यको कुरा भएको उनले बताए ।

रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको जानकारीमा उल्लेख छ । उक्त अस्पतालले करिब दुई दर्जन मानिसको सामान्य उपचार गरेको जानकारी दिएको छ ।

शहरका मेयर पेगी ब्रिडेनले सीएनएनलाई बताए अनुसार उक्त शहरमा संकटकालको घोषणा गरिएको छ ।

ब्रिडेनका अनुसार केही व्यक्ति भवनबाट खसेको सामान खसेर घाइते भएका छन् भने ग्यास लाइन फुटेका छन् ।

‘हामीलाई भूकम्पको बानी परिसकेको थियो तर यस्तो शक्तिशाली भूकम्पको बानी हामीलाई थिएन,’ उनले भनिन् ।

एजेन्सी