राहुल गान्धी पार्टी अध्यक्ष पदको जिम्मेवारीबाट हटे

 

असार १८, काठमाडौं — भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष भएको नाताले लोकसभा निर्वाचनमा बेहोरिएको हारको जिम्मेवारी लिदै उनले राजीनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका हुन् ।

अध्यक्षको जिम्मेवारीबाट हटेको विज्ञप्ति जारी गरेलगत्तै गान्धीले अब आफु पार्टी अध्यक्ष नरहेको बताएका छन् । आफ्नो ट्वीटर अकाउन्टबाट समेत उनले पार्टी अध्यक्ष भन्ने शब्द हटाएका छन् ।
उनले गत मे २५ मा पार्टी केन्द्रीय समितिको बैठकमा राजीनामा दिएका थिए ।

गत महिना भएको लोकसभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि उनी पार्टी अध्यक्ष रहने कि नरहने भन्ने बहस चर्किदै गएको थियो । राहुल सन् २०१७ डिसेम्बरबाट काँग्रेस पार्टीको अध्यक्ष चुनिएका थिए ।

एजेन्सी