पाकिस्तानको जेलमा छन् २६१ भारतीय कैदी

इस्लामावाद ,
असार १७ — आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार पाकिस्तानी सरकारले भारतलाई बुझाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेकोे छ ।
सो सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई भारतीय सरकारले पनि नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ ।