कोटेश्वरदेखि कलङ्कीको १० किलोमिटर सडक हरियाली हुदै

असार७, काठमाडौं –कोटेश्वरदेखि कलङ्कीसम्मको करीब १० किलोमिटर सडक खण्ड सौन्दर्यपुर्ण हरियाली हुने भएको छ ।

वन तथा भू(संरक्षण विभागले विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेपछि छिट्टै हरियाली हुने भएको हो ।

चीन सरकारले निर्माण गरेको कोटेश्वर कलङ्की सडक खण्डमा चीनकै इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत करीब ३५०० ठूला साइजका बिरुवा एकैपटक रोप्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा यही असार १४ गते बिहान ८ बजे विरुवा रोपण कार्यक्रम हुदैछ ।