ट्रम्पको निर्णय पछि आक्रमण टर्यो

 

असार ७, बीबीसी  –  अमेरिका र इरानबीच तनाव घट्नुको साटो बढिरहेको देखिएको छ । पछिल्लो समय इरानले उडिरहेको अमेरिकी जासूसी ड्रोनलाई खसालेपछि तनाव झनै बढेको अवस्था छ ।

आइतबार इरानले एक स्वचालित अमेरिकी ड्रोनलाई झारिदियो । इरानको ड्रोन इरानी आकास रहेको दावी गरेको छ भने अमेरिकाले इरानी दावीलाई गलत भनेको छ ।
यो घटना यस्तो समयमा भएको छ, जब दुई देशबीच तनाव चरम अवस्थामा छ ।

ड्रोन झारेको घटनाको लागि इरानविरुद्ध जवाफी हमलाको लागि अमेरिकाले तयारी थालेको थियो तर हमला हुनु ठीक १० मिनेट अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले आक्रमण रोकिदिए ।
जवाफी आक्रमणको लागि तीन क्षेत्र चयन पनि भइसकेको थियो तर ट्रम्पको निर्णय पछि आक्रमण टर्यो ।

ट्रम्पका अनुसार आक्रमणमा करिब १५० को ज्यान जाने उनलाई जानकारी दिइएको थियो । त्यही कारण आक्रमण रोकेको ट्रम्पले बताए ।

यसबारेमा ट्रम्पले ट्वीट गर्दै भनेका छन् ,‘ आक्रमण हुनु १० मिनेट अघि मात्र मैले त्यसलाई रोकिदिएँ ।’

ट्रम्पको ट्वीट अघि नै न्युयोर्क टाइम्सले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो ।

आइतबार अबेर रात न्युयोर्क टाइम्सले लेखेको थियो, इरानमाथि आक्रमणको कारबाही एकदम सुरुवाती चरणमा रहेको अवस्थामा अमेरिकी राष्ट्रपतिले सेनालाई थप कदम अघि नबढाउन आदेश दिए ।

ट्रम्पले भने आफूलाई कुनै हतार नभएको बताएका छन् । उनले आफ्नो देशको सेना पुरा तयारी अवस्थामा रहेकाले हरेक चुनौतीको लागि तयार भएको बताएका छन् ।

दुई देशबीच पछिल्लो केही समय तनाब बढ्दै गइरहेको छ । केही पहिले मात्रै अमेरिकाले इरानमाथि ओमन खाडिमा आवतजावत गरेका तेल ट्याकंरमाथि आक्रमण गरेको आरोप लगाएका थिए ।
एजेन्सी