न्यायलयमा भ्रष्टाचारजन्य क्रियाकलाप मौलाउँदै गएको कानुन व्यवसायीको निष्कर्ष

असार ५ काठमाडौं — न्यायलयमा भ्रष्टाचारजन्य क्रियाकलाप मौलाउँदै गएको स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले बताएका छन् ।
काठमाडौंमा पत्रकारसँग अभियानका अध्यक्ष तथा अधिवक्ता नारायणप्रसाद दुवाडीले न्यायपालिकामा भ्रष्टाचारजन्य क्रियाकलाप मौलाउँदै गएकाले सबैभन्दा पहिला न्यायाधीशको सम्पत्ति छानविन गरिनुपर्ने बताएका छन् ।
उनले न्याय परिषदले लिएको न्यायाधीशको सम्पत्ति विवरण ठीक छ छैन भनेर हेर्ने प्रचलन छैन त्यसैले न्यायाधीशको सम्पत्ति छानविन हुन जरुरी रहेको बताए।
उनले सर्वोच्चमा अस्थायी र स्थायी गरी ३५ न्यायाधीश बनाउनु पर्ने माग गरे । उनले न्यायाधीशविरूद्ध परेका उजुरीको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरे ।