आजको विश्वकप क्रिकेट बंगलादेश र अष्ट्रेलियावीच हुदै

असार ५, काठमाडौं –आजको विश्वकप क्रिकेट खेल बंगलादेश र अष्ट्रेलियावीच हुदैछ ।

दिउँसो ३ बजेर १५ मिनेटमा ट्रेन्ट ब्रिजमा बंगलादेश र अष्ट्रेलियाबीच खेल हुदैछ ।

दक्षिण अफ्रिका र वेष्ट इन्डिजलाई जीतेको बंगलादेशले न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने पराजित हुनु परेको छ ।

अष्ट्रेलियाले पनि आफ्नो पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई हराएको अष्ट्रेलिया भारतसँग भने पराजित हुनपर्यो ।