सरकारलाई असहयोग गर्नेहरुको वढि चलखेल : प्रधानमन्त्री ओली

असार ४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम कारवाहीलाई सहयोग नगर्ने तर जनतालाई निराशा छर्ने काम वढि गरिएको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बुधबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो मातहतका कामकारवाहीको निरन्तर अनुगमन तथा प्रगति विवरण लिई र कार्ययोजना बमोजिम काम गर्ने गराउन मन्त्रालयलाई निर्देशन दिए ।

संघीय व्यवस्थाको शासन व्यवस्था सञ्चालन गर्न सबै सरकारलाई सजिलो भईसकेकोले यसको परिणाम पनि खोज्नुपर्ने बताए ।

स्थानीय सरकार बनेको दुईबर्ष र प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्षमा नयाँ व्यवस्था अनुसार कानुनहरु निर्माण भईसकेकाले अब चाँडै विकास निर्माण र सेवा विस्तार हुनेमा पनि जोड दिए ।