सबै फाइल एक साथ पेश गर्न सर्वोच्चको आदेश

असार ४, काठमाडौं – स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न बुधवार सर्वोच्चले आदेश दिएको छ ।  

यस बिषयसंग सम्बन्धीत सबै रिटका फाइलहरु एक साथ पेश गर्न न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले आदेश दिएको छ ।

तर विज्ञापनका बिषयमा परेको रिटमाथि अन्तरिम आदेश दिने या नदिने भन्नेबारे अझै पनि टुंगो लाग्न सकेन ।

लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त विपरीत रहेको भन्दै अधिवक्ता विकास ठाकुरले खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

स्थानीय तहका लागि लोक सेवाले ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो ।

सो विज्ञापनका लागि आवेदन दिने अन्तिम मिति मंगलवारसम्म रहेको भएपनि लोक सेवा आयोगको अनलाइन सिस्टममा आएको समस्याका कारण ७ दिन थप भएको छ ।