कप्तान विराट कोहली भारतीय तेस्रो तथा विश्वको नवौं व्याट्सम्यान

असार १, काठमाडौं — भारतीय क्रिकेट कप्तान विराट कोहलीले ११ हजार रन पुरा गरेर तेस्रो भारतीय व्याट्सम्यान बनेका छन् ।

पाकिस्तानविरुद्ध ब्याटिङ गर्न आएका कोहलीले ६७ रन ११ हजार रन पुरा गर्ने तेस्रो भारतीय व्याट्सम्यान भएका हुन् । कोहली ११ हजार रन बनाउने विश्वको नवौं व्याट्सम्यान पनि भएका छन् ।

कोहलीले ५९ बलमा ६ चौकाको सहयोगमा ६७ रन बनाए । यो भन्दा अघि भारतका सचिन तेन्दुलकर र सौरभ गांगुलीले पुरा गरेका थिए ।