काठमाडौंको तापक्रम यो वर्षकै उच्च

जेठ ३२, काठमाडौं — केही दिनदेखी तराईमा जस्तै काठमाडौंमा पनि गर्मीको प्रभाव वढेको छ । शुक्रबार यो वर्षकै उच्च तापक्रम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

शुक्रबारको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस रह्यो । काठमाडौंमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस र दिउसो ३१ देखि ३३ डिग्री सेल्सियससम्म रहेको महाशाखाले जनाएको छ ।

दिउँसोपछि आशिंक बदली भई बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सुवास रिमालले बताए ।

भैरहवाको तापक्रम हिजो शुक्रबार ४२ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ ।