वेचविखन तथा ओसारपसार गर्ने दुई जना पक्राउ

जेठ ३२, काठमाडौं — बेचबिखन तथा ओसारपसारको नाउमा दुई जनालाई पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि भन्दै १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुई जनालाई नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोको टोलीले आकर्षक रोजगारीको लोभ देखाएर विदेश लगेर बेच्न लागेका खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको छ ।

रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाएपछि उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले बताए ।

लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्रा्ष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा ब्यूरोले नेपाल फिर्ता गरेको हो ।

पक्राउ परेकालाई दुवै जना मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार सजाए पाउने छन् । उनीहरु यस अघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा रु १० लाख धरौटी तिरर थुनामुक्त भएका हुन् ।